२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अर्थमन्त्रीसँग एमसिसीका सिइओको भेट

images

  • २०८० असोज १६, मंगलबार
  • 2.9K
    SHARES
  • अर्थमन्त्रीसँग एमसिसीका सिइओको भेट

    असोज १६, काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ।

    सिंहदरबारमा आज भएको भेटमा अर्थमन्त्री डा महतले एमसिसीअन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोपअनुरुप कार्यान्वयन हुनसकेमा मात्र विगतका सन्देहको अन्त्य हुने बताउनुभयो। उहाँले नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुनसक्ने विचार व्यक्त गर्नुभयो।

    कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशनसमेत दिनुभयो। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले नेपालमा एमसिसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको तथा यसलाई सफल बनाउन एमसिसी कटिबद्ध रहेको विचार व्यक्त गर्नुभएको अर्थमन्त्रालयले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ