काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ। अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देशका विभिन्न स्थानमा सञ्चालित गुरुकुल वेद विद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताउनुभयो।
“गुरुकुल वेद विद्याश्रमबाट उत्पादित जनशक्ति धर्म संस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्धन, आफ्नो देशका तीर्थस्थलको महिमा र गरिमालाई आमजन समुदायमा बुझाउन तल्लीन रहेका छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “२० वर्ष अगाडि मुक्तिनाथजस्तो तत्कालीन दुर्गम स्थानमा स्वास्थ्य सेवा श्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्त्वपूर्ण छ।”
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तबसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “गौतमबद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि बिदेसिने अवस्था परिवर्तन गर्नुपर्छ।



