२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालको बाह्य सम्बन्ध १८२ देशमा विस्तार

images

  • २०८० फागुन १९, शनिबार
  • 891
    SHARES
  • नेपालको बाह्य सम्बन्ध १८२ देशमा विस्तार

    काठमाडौँ : नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालको बाह्य सम्बन्ध १८२ देशमा विस्तार भएको छ। 

    कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोङ्गाका स्थायी प्रतिनिधि भिलिमी भ्याइङ्गा टोनेले हस्ताक्षर गर्नुभएको हो। नेपाल र टोङ्गाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुट रेसलाई प्रदान गरिने पत्रमा पनि उहाँहरूले हस्ताक्षर गर्नुभएको छ। 

    न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ। 

    त्यस अवसरमा दुवै देशका राजदूतले पारस्परिक सहयोग, द्विपक्षीय सम्बन्ध विस्तारका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग एवं साझेदारी प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ