२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ओडिआई वरीयतामा नेपालको छलाङ, नामिबियालाई पछि पार्दै १६औँ स्थानमा

images

  • २०८३ असोज २२, बिहीबार
  • 271
    SHARES
  • ओडिआई वरीयतामा नेपालको छलाङ, नामिबियालाई पछि पार्दै १६औँ स्थानमा

    काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा एक स्थान सुधार गरेको छ।

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत बिहीबार बिहान भएको खेलमा नामिबिया अमेरिकासँग पराजित भएपछि नेपालको वरीयतामा सुधार आएको हो। नामिबियाको पराजयसँगै नेपाल एक स्थान माथि उक्लिएको हो।

    नयाँ वरीयताअनुसार नेपाल १६औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो। नेपाल एक स्थान माथि उक्लिँदा नामिबिया भने १७औँ स्थानमा झरेको छ।

    यसैगरी, अमेरिका ओडिआई वरीयताको १५औँ स्थानमा रहेको छ। पछिल्लो नतिजाले नेपाललाई वरीयतामा सुधार गर्ने अवसर दिएको हो।

    नेपालले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रदर्शन सुधार गर्दै आएको छ। ओडिआई वरीयतामा भएको यो सुधारले नेपाली क्रिकेट टोलीको आगामी प्रतिस्पर्धामा थप आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ