२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीबाट शुल्क लिए कारबाही गरिने : काठमाडौँ महानगरपालिका

images

  • २०८० असोज २५, बिहीबार
  • 1.0K
    SHARES
  • छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीबाट शुल्क लिए कारबाही गरिने : काठमाडौँ महानगरपालिका

    छात्रवृत्ति र शुल्कसँग सम्बन्धी गुनासो गर्नुपरे छानबिन तथा अनुगमन टोलीका अधिकारीहरूसँग फोन गर्न सकिने

    असोज २५, काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चालु शैक्षिकसत्रमा कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयले शुल्क मागेको गुनासो आएपछि अनुगमन सुरु गरेको छ। 

    छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीसँग शुल्क उठाउने विद्यालयहरूलाई कारबाही गर्ने महानगरले चेतावनीसमेत दिएको छ। गुनासो आएपछि महानगरले गत मङ्गलबारबाट छानबिन सुरु गरेको महानगरको शिक्षा विभागले जानकारी दिएको छ। महानगरका शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार विभिन्न माध्यमबाट १० वटा विद्यालयले शुल्क लिएको भन्ने उजुरी परेको छ।
         
    गत सोमबार, मङ्गलबार र बुधबार तीन दिनमा टोलीले गोल्डेन गेट, सिफल सेकेन्डरी स्कुल, काठमाडौँ मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सिसीआरसी गरी छवटा विद्यालयको अनुगमन गरेको पौडेलले जानकारी दिनुभयो।

    अनुगमनका क्रममा एभरेष्ट फ्लोरिडाबाहेक अरु विद्यालयले कुनै न कुनै रूपमा शुल्क माग गरेको फेला परेको उहाँको भनाइ छ। सिफल स्कुलले पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ताजस्ता शीर्षकमा विद्यार्थीसँग मासिक रु नौ हजार पाँच सयसम्म मागेको महानगरको भनाइ छ।

    छात्रवृत्ति र शुल्कसँग सम्बन्धी गुनासो गर्नुपरे छानबिन तथा अनुगमन टोलीका अधिकारीहरूसँग (नेत्रनारायण पौडेल, फोन नं ९८५११९९९४५, सस्मित पोखरेल, फोन नं ९८४००७१५५५ र शैलेन्द्र झा फोन नं ९८५११४६८९६)लाई फोन गर्न सकिने महानगरको भनाइ छ।

    काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

    यही व्यवस्थाअनुसार महानगरपालिकाले कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीबीच परीक्षा लिएर ‘म्याचिङ लिष्ट’बाट नाम सिफारिस गरेको हो। यसरी सिफारिस गरिएका विद्यार्थीले कक्षा ११ र १२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन। 

    गत साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये ३ हजार ४ सय छात्र, १ हजार ७ सय ७२ जना छात्रा गरी ५ हजार १ सय ७२ विद्यार्थी सहभागी थिए। महानगरले साउन २९ गते २ हजार ३ सय २२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि ‘म्याचिङ लिष्ट’, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ