२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

त्रिविले स्नातक तहको प्रश्न नेपाली र अंग्रेजी भाषामा तयार गर्ने

images

  • २०८० चैत १७, शनिबार
  • 756
    SHARES
  • त्रिविले स्नातक तहको प्रश्न नेपाली र अंग्रेजी भाषामा तयार गर्ने

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ। आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो।

    शुक्रबार बसेकाे परिषद्ले बार्षिक परिक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा पश्न साेधिने  निर्णय गरेको हाे। चाैतर्फि माग र दबाब पछि त्रिविले  उक्त निर्णय गरेको हाे। आगामी सत्रकाे परीक्षा देखि उक्त निर्णय लागुहुने त्रिविले बताएको छ।

    यस विषयलाई लिएर पछिल्लो समय प्राज्ञिक विद्यार्थी परिषद्ले चरणबद्ध रूपमा ज्ञापन पत्र बुझाउने, धर्ना दिने, त्रिवि पदाधिकारी र प्राध्यापकहरूलाई भेटगरी  ध्यानाकर्षण गराउने र आफ्नो शैक्षिक अभियानबाट देशैभरबाट प्रधानमन्त्रिलाई समेत ज्ञापनपत्र बुझाएको थियो। साथै अन्य विद्यार्थी संगठनहरूले पनि आवाज उठइरहेकाे र वर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि संसद भवनमा आवाज उठाउनु भएको थियो।

    विश्वविद्यालयले हालसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा सरोकारवालाबाट नेपालीमा पनि सोध्न आग्रह हुँदै आएको थियो। साथै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा असर पर्दै आएको पाइएको थियो।

     

    6ca6f170-d434-40b5-ad92-548301443f63.jpg
    tu

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ