२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जनतालाई गुणस्तरीय सेवासुविधा दिन सक्नुपर्छ : प्रधानमन्त्री दाहाल

images

  • २०८० असोज २९, सोमबार
  • 716
    SHARES
  • जनतालाई गुणस्तरीय सेवासुविधा दिन सक्नुपर्छ : प्रधानमन्त्री दाहाल

    असोज २९, सुदूरपश्चिम : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई गुणस्तरीय सेवासुविधा दिनसक्नुपर्नेमा जोड दिनुभएको छ। 
     
    कैलालीको मध्य क्षेत्रमा रहेको गौरीगङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सुविधायुक्त भवन निर्माण भएपछि यसबाट जनतालाई पनि गुणस्तरीय सेवासुविधा दिने कुरामा ध्यान दिन आग्रह गर्नुभयो। 
     
    सुदूरपश्चिमको विकासमा आफूले विषेश प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउन, अनुदानमा महाकाली नदीमा पुल बनाउन, राजमार्ग निर्माण गर्नेलगायतका विकासका काममा प्राथमिकता दिएको बताउनुभयो। 
     
    उहाँले नगरपालिकामा चक्रपथ निर्माणका साथै नदी कटान रोकथाममा सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कार्यक्रममा सोही क्षेत्र (कैलाली–४)बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरले नदी कटान रोकथाम र गोदावरीमा प्रदेशको राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो। 
     
    नगरपालिकाको वडा नं १ मा नवनिर्मित अत्याधुनिक प्रशासकीय भवन नगरपालिका र नेपाल सरकारको रु छ करोड ८६ हजारको लागतमा निर्माण पूरा भएको नगरप्रमुख देवीदत्त कँडेलले जानकारी दिनुभयो। हालै निर्माण पूरा भएको यो तीनतले भवनमा २४ कोठा छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ