काठमाडौँ : राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ। ९ जनाको आवेदन परेको मध्ये पदपूर्ति उपसमितिले ४ जनाको नाम छनौट गरेको हो। मसिंर १५ देखि राष्ट्रिय बीमा कम्पनी सीईओ बिहिन बनेको थियो।
सर्टलिष्टमा हुनेहरुमा नारायण कुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवाष कोईराला रहेका छन् भने राजुनाथ खनाल, उज्ज्वलराज अर्याल, नवीन सुवेदी, बुद्धकाजी श्रेष्ठ र रामदेव यादव पहिलो चरणबाटै बाहिरिएका छन्।
यस्तै, नारायणकुमार भट्टराई साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्व सीईओ हुन् भने डा. शिवहरि श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्वप्रशासक हुन्। त्यसैगरी, सुरेन्द्र थापा तत्कालीन राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) का पूर्व सहायक प्रशासक हुन् भने सुवास कोइराला हाल राष्ट्रिय बीमा कम्पनीका डेपुटी सीईओमा कार्यरत छन्। उनी कम्पनीका हालका निमित्त सीईओ पनि हुन्।



