२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न, कति शाखाले पूरा गरे लक्ष्य हेर्नुहोस ?

images

  • २०८१ वैशाख ३, सोमबार
  • 1.2K
    SHARES
  • सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न, कति शाखाले पूरा गरे लक्ष्य हेर्नुहोस ?

    काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न भएको छ । यो अभियान चैत महिनाभरि सञ्चालन गरिएको थियो। यस अभियान अन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा तोकिएकै संख्यामा पोलिसी बिक्रीको लक्ष्य राखिएको थियो । जसअन्तर्गत कुल ५६ ब्रान्चले आफ्नो तोकिएको लक्ष्य पुरा गरेका छन्।

    यस अभियान अन्तर्गत १५ वटा ब्रान्चले एकैदिन १०० बढी पोलिसी विक्री गरेका छन्। त्यस्तै, ७ वटा ब्रान्चले एकैदिन ५० वटाभन्दा बढी पोलिसी विक्री गरेका छन् भने बाँकी ३४ वटा ब्रान्चले न्यूनतम टार्गेट पुरा गरेका हुन्।

    पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ। हरेक क्षेत्र सुस्त बनेका छन्। यो आर्थिक परिदृश्यको चपेटमा बीमा क्षेत्र पनि अछुतो रहन सकेको छैन। यस्तो जटिल परिवेशमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले उल्लेखनीय व्यापार गर्न सफल भइरहेको छ।

    यो अभियानअन्तर्गत सिटिजन लाइफका १५ वटा शाखाले १०० बढी पोलिसी विक्री गरी लक्ष्य भेट्याएका छन्। लक्ष्य भेट्याउने शाखाहरुमा गाइघाट शाखा, जमल शाखा, बाग्लुङ, पोखरा, स्वयम्भु, बानेश्वर, जितपुर, बालाजू, बुटवल, त्रिपुरेश्वर, नारायणगढ, बिर्तामोड, म्याग्दी, कुश्मा, जनकपुर शाखा कार्यालय हुन्। यी हरेक शाखाले एकैदिन १०० भन्दा बढी बीमा पोलिसी बिक्री गरेका हुन् । आर्थिक मन्दीको अवस्थामा पनि कम्पनीका शाखा कार्यालयहरुले राम्रो व्यापार गरिरहेका छन् ।

    कम्पनीको जमल शाखा कार्यालयले चैत १८ गते एकैदिन १०२ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ। उक्त शाखाका प्रमुख प्रकाश श्रेष्ठ रहेका छन्।

    prakash.webp
    citizen life insurance

    कम्पनीको बाग्लुङ शाखा कार्यालयले चैत २२ गते एकै दिनमा १०३ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । उक्त शाखाका शाखा प्रमुख कमला शर्मा छिन् 

    kamala.webp

    कम्पनीको गाईघाट शाखा कार्यालयले चैत १४ गते एकैदिन १०५ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । गाईघाट शाखा कार्यालयकी प्रमुख मन्जु कुमारी थापा छिन् ।

    manju.webp

    कम्पनीको पोखरा शाखा कार्यालयले चैत २२ गते एकैदिन १०१ पोलिसी विक्री गरेको छ। उक्त शाखाकी शाखा प्रमुख सरिता पोखरेल हुन्।

    sarita.webp

    स्वयम्भु शाखा कार्यालयले चैत २३ गते एकैदिन १४३ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाको शाखा प्रमुख कल्पना भण्डारी हुन् ।

    kalpana.webp

    जनकपुर शाखाले एकैदिन १०१ पोलिसी विक्री गरेको छ । कम्पनीले चैत ३० गते उक्त पोलिसी विक्री गरेको हो । उक्त शाखाका शाखा प्रमुखमा अरविन्द कुमार झा रहेका छन् ।

    arbind.webp

    कुश्मा शाखा कार्यालयले एकैदिन चैत ३० गते १०१ वटा बीमा पोलिसी विक्री गरेको हो । उक्त शाखाका शाखा प्रमुखमा पुनम शर्मा रहेकी छिन् ।

    punam.webp

    म्याग्दी शाखा कार्यालयले चैत ३० गते १०३ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा भावना पौडेल सुवेदी रहेकी छिन् ।

    bhawana.webp

    बिर्तामोड शाखा कार्यालयले चैत २९ गते एकैदिन १११ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा जमुना कटुवाल रहेकी छिन् ।

    jamuna.webp

    नारायणगढ शाखा कार्यालयले चैत २९ गते एकैदिन १५८ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा गोकर्ण कार्की रहेका छन् ।

    gokarna.webp

    त्रिपुरेश्वर शाखा कार्यालयले एकैदिन चैत २७ गते १०४ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा दिपक पोखरेल रहेका छन् ।

    dipak.webp

    बुटवल शाखा कार्यालयले एकैदिन चैत २८ गते १११ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा भिम प्रसाद सुवेदी रहेका छन् ।

    bhim.webp

    बालाजू शाखा कार्यालयले एकैदिन चैत २७ गते ११० वटा बीमा पोलिसी विक्री गरेका छन् । उक्त शाखाका शाखा प्रमुखमा मनीषा तामाङ रहेकी छिन् ।

    manisha.webp

    जितपुर शाखा कार्यालयले एकैदिन चैत २७ गते १०१ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा सम्झना आचार्य रहेकी छिन् ।

    samjhana.webp

    बानेश्वर शाखा कार्यालयले चैत २५ गते एकैदिन १२६ वटा बीमा पोलिसी विक्री गरेको छ । उक्त शाखाका शाखा प्रमुखमा भरत अधिकारी रहेका छन् ।

    bharat.webp

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ