काठमाडौं : दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज वैशाख ६ गते अन्तिम दिन रहेको छ जसमा प्रभु इन्स्योरेन्स र सूर्यज्योति लाइफ रहेका छन्।
कम्पनीले आफ्नो साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात वैशाख ७ गतेलाई बुकक्लोज मिति तय गरेको थियो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र २ इन्स्योरेन्सले घोषणा गरेको लाभांस र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड : गत आर्थिक वर्षको मुनाफाबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे जसमा १०.२६ प्रतिशत बोनस शेयर रहेको छ भने २४.७४ प्रतिशत (कर सहित) नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख २१ गते शुक्रबार विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान १० बजेदेखि सुरु गर्ने गरी वार्षिक साधारण सभा डाकेको छ। हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ रुपैयाँ रहेको छ।
प्रभु इन्स्योरेन्स लिमिटेड : गत आर्थिक वर्षको मुनाफाबाट प्रभु इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे जसमा ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत (कर सहित) नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख २० गते बिहीबार काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्समा बिहान १० बजेदेखि सुरु गर्ने गरी २८ औँवार्षिक साधारण सभा डाकेको छ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३७ करोड रहेको छ।



