२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सूर्यज्योति लाइफको नाफा ३३% बढ्यो, अन्य सूचक कस्तो ?

images

  • २०८१ वैशाख १३, बिहीबार
  • 966
    SHARES
  • सूर्यज्योति लाइफको नाफा ३३% बढ्यो, अन्य सूचक कस्तो ?

    नाफामा बृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ।

    काठमाडौँ : सुर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। साथै तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी बनेको छ। 

    सार्वजनिक विवरण अनुसार बैंकको मुनाफामा बढेको देखिन्छ। कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ३३.८९ प्रतिशतले बढेर २९ करोड ५४ लाख रुपैयाँ  पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २२ करोड ६ लाख रहेको थियो।
     
    साथै, कम्पनीको प्रिमियम संकलन ६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ जस अनुसार कम्पनीको प्रिमियम संकलन ३८.६८ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको तस्रो त्रैमाससम्म ४ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३७.६८ प्रतिशतले बढेर ६ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
     
    यस्तै, यस अवधिमा कम्पनीले लगानी, ऋण र अन्य वित्तीय क्रियाकलापबाट २ अर्ब २८ करोड आम्दानी गरेको छ भने कम्पनीको प्रदान गरेको दाबी भुक्तानी ५१.६७ प्रतिशतले बढेर ७ अर्ब १५ करोड पुगेको छ।

    नाफामा बृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४७ पैसा रहेकोमा चालु आवमा बढेर ८ रुपैयाँ ६७ पैसा पुगको हो।

    कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ। कम्पनीको महाविपत्ति कोषमा ३४ करोड १७ लाख रहेको छ भने रिटेन्ड अर्निङमा १ अर्ब ६० करोड ७२ लाख तथा शेयर प्रिमियममा ३ करोड ७२ लाख रुपैयाँ रहेको छ। 

    कम्पनीको प्रति शेयर नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा र पीई रेसियो ५६.८९ गुणा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ