२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, बीमितले सर्वाधिक ८५ रुपैयाँसम्म बोनस पाउने

images

  • २०८१ वैशाख १७, सोमबार
  • 896
    SHARES
  • नेपाल लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, बीमितले सर्वाधिक ८५ रुपैयाँसम्म बोनस पाउने

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपश्चात् सार्वजनिक गरेको हो।

    कम्पनीका अनुसार सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधि अनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रति हजारका दरले बोनस पाउने भएका छन्। यस बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना रहेका छन्।

    त्यसैगरी, कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ। सोही बीमालेखको जीवन समुन्नत बीमा योजनामा कम्पनीले बीमितलाई न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।


    सावधिक जीवन बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १ र विकल्प २) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ। त्यस्तै, यही बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १) एकल बीमाशुल्क योजनामा बीमितले न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन्।

    कम्पनीले सावधिक तथा आजीवन बीमालेखको जीवन साहारा र अनमोल जीवन बीमा योजनामा बीमितलाई न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ। यता, अग्रिम झुक्तानी सावधिक बीमालेखको जीवन सम्वृद्धि योजनाको सबै बीमा अवधिमा बीमितले ५० रुपैयाँ बोनस पाउनेछन्।

    अग्रिम भुक्तानी सावधिक बीमालेखको सबै बीमा अवधिमा कम्पनीले बीमितलाई समान ५० रुपैयाँ बोनस दिने भएको छ। यस बीमालेखमा धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती छोराछोरी र सदावहार जीवन बीमा योजना रहेका छन्।

    त्यस्तै, बीमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमालेको नौलो जीवन सम्वृद्धि बीमा योजनाको सबै बीमा अवधिमा ५१ रुपैयाँ बोनस पाउनेछन्। यता, अन्य बीमालेखको जीवन सारथी योजनामा बीमितलाई कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ।

    कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ