काठमाडौँ : इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन्।
सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन्।
त्यसै गरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरेका छन्।
कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४ सय ७२ मत सदर भएको आयोगले जनाएको छ।



