२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सवारी चालकले अब लाइसेन्स बोक्न नपर्ने, ट्राफिक चेकजाँचमा मोबाइलमै लाइसेन्स देखाए हुने

images

  • २०८० कात्तिक १३, सोमबार
  • 786
    SHARES
  • सवारी चालकले अब लाइसेन्स बोक्न नपर्ने, ट्राफिक चेकजाँचमा मोबाइलमै लाइसेन्स देखाए हुने

    कात्तिक १३, काठमाडौं : अब सवारी चलाउँदा सवारीचालक अनुमति पत्र बोक्न नपर्ने भएको छ। नागरिक एपको आफ्नो फेसबुक पेज मार्फत सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरीहरुले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिएको हो।

    सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ। 

    सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लंघनमा कारवाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदैछ। यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ। सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ। 

    यस अघि नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता नदिएको भन्दै सदनदेखि सरोकार वालासम्मले आलोचना गर्दै आएका थिए।

     

    नागरिक.JPG

     

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ