२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चिनियाँ विद्युतीय गाडी लगायतका सामानमा अमेरिकाले बढायो अत्यधिक कर

images

  • २०८१ जेठ २, बुधबार
  • 521
    SHARES
  • चिनियाँ विद्युतीय गाडी लगायतका सामानमा अमेरिकाले बढायो अत्यधिक कर

    वासिङटन : अमेरिकी राष्ट्रपति जो वाइडेनले चीनमा निर्मित विद्युतीय कार, सोलार प्यानेल, स्टील र अन्य सामग्रीको आयातमा मंगलबार चर्को कर बढाएका छन्। ह्वाइट हाउसका अनुसार चीनबाट आउने विद्युतीय कारमा १०० प्रतिशत बोर्डर ट्याक्सको व्यवस्था गरिएको छ।


    चीनले यस्तो संकेत पाएपछि यसअघि नै यो योजनाको आलोचना गरेको थियो। अमेरिकाले चीनको अनुचित नीतिको प्रतिक्रिया स्वरुप र अमेरिकी रोजगारीको संरक्षणका लागि नयाँ नीति ल्याइएको जनाएको छ।

    विश्लेषकहरूले कर बृहत रूपमा सांकेतिक भएको र चुनावी वर्ष भएकाले मतलाई आकर्षित गर्ने कुराबाट अभिप्रेरित रहेको जनाएका छन्। मंगलबार गरिएको घोषणाले करिब १८ बिलियन डलरको आयातलाई झड्का दिनेछ।

    घोषणाअनुसार विद्युतीय सवारीमा कर २५ बाट १०० प्रतिशत र सोलार सेलमा २५ बाट ५० प्रतिशत बढ्नेछ। स्टील र आल्मुनियम उत्पादनमा तीन गुणाभन्दा बढीसम्म जस्तो ७.५ प्रतिशतबाट २५ प्रतिशत पुर्याइएको छ।

    केमा कति बढ्यो अमेरिकी कर ?


    -सेमिकन्डक्टर्स-२०२५ सम्म २५ प्रतिशतबाट ५० प्रतिशत
    -स्टील र आल्मुनियम उत्पादन-२०२४ भरी ७ दशमलब ५ प्रतिशतबाट २५ प्रतिशत
    -विद्युतीय गाडी-२०२४ भरी २५ प्रतिशतबाट १०० प्रतिशत
    -लिथियम ब्याट्री तथा क्रिटिकल मिनरल्स-२०२४ भरी ७.५ प्रतिशतबाट २५ प्रतिशत
    -सोलार सेल-२०२४ भरी २५ प्रतिशतबाट ५० प्रतिशत
    -सीप टु सोर क्रेन-२०२४ भरी शून्य बाट २५ प्रतिशत
    -रबर मेडिकल एण्ड सर्जिकल ग्लोभ्स-२०२६ सम्म ७.५ प्रतिशतबाट २५ प्रतिशत । स्रोत : बीबीसी

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ