२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री प्रचण्डले आज संसदमा चौथो पटक विश्वासको मत लिदै

images

  • २०८१ जेठ ७, सोमबार
  • 421
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले आज संसदमा चौथो पटक विश्वासको मत लिदै

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन्। प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ।

    सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो।

    प्रधानमन्त्रीले संविधानको धारा सय को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ।

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो। यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

    त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा २ सय ६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको थियो।

    प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरी गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए। त्यति बेला २ सय ६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १ सय ५७ मत परेको थियो भने विपक्षमा १ सय १० मत परेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ