२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

images

  • २०८१ जेठ २३, बुधबार
  • 691
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

    काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन्। उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन्।


    यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११ः३० बजे बसेको थियो। जसमा सरकारले तेस्रो पटक विजयी भएकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ।

    बैठकले १७ औँ लोकसभा विघटन गर्न सिफारिस गरेको थियो। त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन्। यद्यपि मोदी अर्को कार्यकाल पनि प्रधानमन्त्री नै बन्ने समाचारमा जनाइएको छ। उनले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन सक्ने बताइएको छ।


    त्यसका लागि सबै एनडीए सांसदहरूबाट हस्ताक्षरहरू प्राप्त गरिएको छ। जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदको सेन्ट्रल हलमा एनडीएका सबै सांसदहरूको बैठक हुने बताए।

    लोकसभा चुनावमा बीजेपीले २ सय ४० सिट जितेको छ। यो बहुमत सङ्ख्या २सय ७२ भन्दा ३२ सिट कम हो तर, एनडीएले २ सय २ सिटका साथ बहुमत हासिल गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ