२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्पेनले जित्यो युरो कपको उपाधि,इङल्याण्ड २–१ गोल अन्तरले पराजित

images

सत्कार खबर
  • २०८१ असार ३१, सोमबार
  • 681
    SHARES
  • स्पेनले जित्यो युरो कपको उपाधि,इङल्याण्ड २–१ गोल अन्तरले पराजित

    एजेन्सी-आइतबार राति सम्पन्न फाइनल खेलमा युरो कपको  उपाधि स्पेनले  जितेको छ। स्पेनले इङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो।


    स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए।  विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए।

    त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए।​ योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ।  स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो । 

    इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ। अघिल्लो संस्करणमा  इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।   

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ