२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रतिपक्षमा बसेर सरकारका कामकारबाहीमाथि निगरानी गर्ने माओवादीको निष्कर्ष

images

  • २०८१ साउन २, बुधबार
  • 371
    SHARES
  • प्रतिपक्षमा बसेर सरकारका  कामकारबाहीमाथि निगरानी गर्ने माओवादीको निष्कर्ष

     काठमाडौं : माओवादी केन्द्र ८ वर्ष ९ महिनापछि पहिलोपटक प्रमुख प्रतिपक्षमा पुगेको छ । दुई ठुला दल कांग्रेस र एमाले मिलेपछि माओवादी सत्ता राजनीतिबाट किनारातर्फ धकेलिएका हुन् । 

    ०६४ देखि सत्ताको लाभै लाभ लिएको माओवादीले लामो समयपछि फेरि प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्ने अवसर पाएको हो । प्रतिपक्ष दललाई जनताको सत्ता अर्थात् छाया सरकारको रूपमा पनि लिइन्छ ।

    अब प्रतिपक्षमा बसेर सरकारका हरेक कामकारबाहीमाथि निगरानी गर्ने, बेथितिको भण्डाफोर गर्ने, ऐन कानुन बनाउन दबाब दिने, जनपक्षीय मुद्दा, राष्ट्रिय एजेन्डामा बहस गरी कांग्रेस र एमालेलाई सन्तुलनमा राख्ने जिम्मा प्रचण्डको काँधमा आएको छ । 

    कांग्रेस र एमालेले सत्ता सहकार्य मात्र नगरी संविधान संशोधनलाई मूल एजेन्डा बनाएकाले जनतालाई आफूतिर आकर्षित गर्न प्रचण्डले यसैलाई रणनीतिक हतियार बनाउने  तयारी  गर्नु भएको छ ।

    अहिलेको संविधानप्रति असन्तुष्ट रहेका मधेसी, आदिवादी जनजाति, दलित, महिला, उत्पीडनमा परेका समुदायको साथमा लिएर प्रतिरोध गर्ने तयारी माओवादीको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ