२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

images

सत्कार खबर
  • २०८१ साउन २, बुधबार
  • 451
    SHARES
  • अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

     काठमाडौं :बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ मा प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नु भएको  छ । 

    विश्वासको मत लिने प्रयोजनाका लागि प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गर्नु भएको छ ।

    सत्तासाझेदार दलका नेतासँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन ६ मा विश्वासको मत लिने निर्णयमा पुगेको बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनु भयो । 

    सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी पाँच जना मन्त्रीले गत असार २४ मा राजीनामा दिएका थिए। एमालेले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ।

    मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि साउन ६ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाउने तयारी गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ