एजेन्सी :बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा ६ जनाको हत्याका लागि जिम्मेवार व्यक्तिलाई सजाय दिने प्रतिक्रिया दिनु भएको छ ।
प्रधानमन्त्री हसिनाले हत्याको निन्दा गर्दै अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने बताउनु भयो । ‘प्रतिद्वन्द्वी विद्यार्थी समूहहरूले एक आपसम इँटा र बाँसको लट्ठीले आक्रमण गर्दा मंगलबार मुलुकभर भएका झडपमा ६ जनाको मृत्यु भएको थियो।
साथै प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरी जुलुसलाई तितरबितर गरेको थियो। यो महिना सार्वजनिक क्षेत्रको नोकरीमा आरक्षणविरुद्ध प्रदर्शन शुरू भएपछि हिंसाको सबैभन्दा नराम्रो दिनमा हसिनाको सरकारले अर्को सूचना नभएसम्म विद्यालय र विश्वविद्यालय बन्द गर्न बताएको छ ।
उहाँको प्रशासनमाथि वफादारहरूसँग प्रतिष्ठित सरकारी नोकरी सुरक्षित गर्न कोटा योजनाको दुरुपयोग गरेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन्।



