२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चीनमा सपिङ सेन्टरमा आगलागी ,१६ जनाको मृत्यु

images

सत्कार खबर
  • २०८१ साउन ३, बिहीबार
  • 766
    SHARES
  • चीनमा सपिङ सेन्टरमा आगलागी ,१६ जनाको मृत्यु


    एजेन्सी : चिनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो । सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो ।

    आगलागीको कारण खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला त्यहीँबाट आगो सल्किएको अनुमान छ । आगो लागेको बेला भवन भित्र र त्यस वरपरको क्षेत्रमा कालो धुँवाको मुस्लो उडेको थियो । चीनमा धेरैजसो बिजुली सर्ट भएर वा ग्याँस लिक भएर आगलागीका घटना हुने गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ