काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने बताइरहेका बेला सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएको छ ।
सिंहदरबारमा भएको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन्। छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल भइरहेको बताइएको छ।
छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छन्। सत्ता समीकरण बदलिएर नयाँ सरकार बनेपछि सभामुखले प्रमुख सचेतकहरूसँग गरेको यो पहिलो छलफल हो।



