काठमाडौं :नेकपा एमालेले पार्टी ,अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझावपत्र दिएको छ ।
एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई शुक्रबार भेटेर सुझावपत्र बुझाएको हो । सुझावपत्रमा सरकारले तत्कालै चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्न सकिने कामको सूची छ ।
सुझावपत्रमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त सुझावदेखि जनताको निराश चिर्न र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारले गर्नुपर्ने काम समेटिएको छ ।
नेपाली कांग्रेससँगको सहमतिपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु डेढ साताअघि एमालेले गत असार २१ गते सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने कामबारे सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
कार्यदलले ३३ वटै विभागसँग सरकारले गर्नुपर्ने कामबारे सुझावसहित प्रतिवेदन मागेको थियो ।तिनै प्रतिवेदनका आधारमा एमालेले सरकारलाई सुझावपत्र बुझाएको हो ।



