२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सशस्त्र प्रहरीसँग मेरो पुरानो साइनो छ : गृहमन्त्री लेखक

images

सत्कार खबर
  • २०८१ साउन ४, शुक्रबार
  • 541
    SHARES
  • सशस्त्र प्रहरीसँग मेरो पुरानो साइनो छ :  गृहमन्त्री लेखक

    काठमाडौं : गृहमन्त्री रमेश  लेखकले सशस्त्र प्रहरीसँग आफ्नो पुरानो साइनो  भएको बताउनु भएको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा निरीक्षणका लागि पुग्नु भएका उहाँले २३ वर्षअघि सशस्त्र प्रहरी बलको जन्म अध्यादेशबाट भएको स्मरण गर्दै  उक्त अध्यादेश संसदबाट पारित भएको बताउनु भएको हो ।  

    सशस्त्र प्रहरी स्थापनाबारे अध्ययन गर्न स्वर्गीय सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसबाट सदस्यका रुपमा सहभागी भइर काम गरेको उहाँको भनाइ छ ।

    यस्तै सरकारको अहिलेको प्राथमिकता सुरक्षा निकायका कानुनलाई समसमायिक संशोधन गर्ने रहेको गृहमन्त्री लेखकको भनाइ छ । निरीक्षण कार्यक्रममा गृहसचिव एकनारायण  अर्यालले सशस्त्र प्रहरी बल नेपालको साथमा  गृह मन्त्रालय साथमा रहने बताउनु भयो । ‘

    उहाँले अहिले विपतको समय भएको भन्दै सशस्त्र प्रहरीलाई दुई महिना बढी खट्नु आग्रह गर्नु भयो ।  यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आफ्नो काममार्फत जनमनमा बस्न सफल भएको बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ