२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अफ्रिकामा १ करोड ५० लाख जना शिक्षकको अभाव

images

सत्कार खबर
  • २०८१ साउन ५, शनिबार
  • 616
    SHARES
  • अफ्रिकामा १ करोड ५० लाख जना शिक्षकको अभाव


    काठमाडौं:अफ्रिकामा शिक्षकको अभाव भएको छ । अफ्रिकी संघ एयूले अफ्रिकी देशमा अहिले एक करोड ५० लाख जना शिक्षकको कमी रहेको बताएको छ ।

    एयूका शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तन आयुक्त मोहम्मद बेलहोसिनले घानाको राजधानी अकरामा भइरहेको एउटा सम्मेलनमा बोल्दै अहिले अफ्रिकामा आवश्यकताभन्दा एक करोड ५० लाख जना शिक्षक कमि रहेको बताउनुभएको हो ।

    उहाँले शिक्षकको कमी हुँदा अफ्रिका महादेशको शिक्षा र विकासको आकांक्षा पूरा गर्ने क्षमतामा नकारात्मक प्रभाव पार्ने पनि चेतावनी दिनुभएको छ ।

    संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्नका लागि शिक्षकको सङ्ख्यामा देखिएको यो खाडललाई कम गर्न आग्रह गरेको छ ।

    शिक्षकको सङ्ख्यालाई बढाउन, शिक्षाका पूर्वाधार सुधार गर्न र दीगो विकासका लक्ष्यलाई निर्धारित समयमा पूरा गर्न झन्डै ९० अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको पनि आयुक्त बेलहोसिनले बताउनुभएको छ ।अफ्रिकामा शिक्षकको पारिश्रमिक र सामाजिक प्रतिष्ठा निकै टिठलाग्दो छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ