२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रतिनिधिसभा बैठक बस्दै :मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने

images

सत्कार खबर
  • २०८१ साउन ८, मंगलबार
  • 466
    SHARES
  • प्रतिनिधिसभा बैठक  बस्दै  :मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने

    काठमाडौं :प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। बैठकमा विभागीय मन्त्रीहरूले सांसदले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची छ। 

    स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । 

    बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि छ। सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्। 

    यस्तै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २१०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 


     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ