२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महानगरले सञ्चालन गरेको कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

images

सत्कार खबर
  • २०८१ साउन ८, मंगलबार
  • 751
    SHARES
  • महानगरले सञ्चालन गरेको कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

     काठमाडौँ :महानगरपालिकाले यस वर्ष कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशित गरेको छ । ८ हजार १ सय ९७ जना विद्यार्थीले छात्रवृत्ति परीक्षामा उत्तीर्ण गरेका छन्।


    महानगरले चालु शैक्षिक सत्रका लागि २०८१ साल साउन ४ गते शुक्रबार सञ्चालन गरेको छात्रवृत्ति वितरण परीक्षाको नतिजा आज ९मंगलबार) बिहान प्रकाशन गरेको हो। 


    छात्रवृत्तिको लागि आवेदन दिने ११ हजार २८१ विद्यार्थीमध्ये १० हजार १६८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। 

    काठमाडौँ महानगरका मेयर बालेन शाहले नतिजा प्रकाशन गरिएको जानकारी दिँदै कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षा लिएर छात्रवृत्ति प्रदान गर्ने कार्यलाई दोस्रो वर्ष पनि निरन्तरता दिएको बताएका छन्। 

    उनले परीक्षामा उच्चतम अङ्क ल्याउने विद्यार्थीलाई सबैभन्दा पहिलो योग्यताक्रमानुसार र बराबर अङ्क भएमा एसईईको जीपीए, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी र सामान्यज्ञानमा प्राप्त गरेको अङ्कको आधारमा नतिजा प्रकाशन गरिएको जनाएका छन्।

     मेयर शाहले समाजिक सञ्जालमा लेख्नु भएको छ,, ‘सो पनि बराबर भएमा उमेरका आधारमा कनिष्टलाई योग्यताक्रममा अघि राख्ने निर्णय गरिएको छ।’
      
    प्रकाशित भएको छात्रवृत्ति नतिजा अनुसार कायम योग्यता सूचीमा नाम समावेश नभएका वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा  दाबी विरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिन सक्नेछन्। 

    पुनर्योग एवं दाबी विरोधका लागि आजदेखि साउन १० गते बिहीबारसम्मको सय निर्धारण गरिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ