२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका  लामाले गरे दाबी पेश

images

सत्कार खबर
  • २०८१ साउन ८, मंगलबार
  • 531
    SHARES
  • बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका  लामाले गरे दाबी पेश

    काठमाडौं :बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दावी पेस  गर्नु भएको छ  । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गर्नु भयो ।

    लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा दावी पेस गर्नु भएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ ।

    अघिल्ला मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन मंगलबारसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । लामाले सोमबार नै मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम तय भएको थियो ।

    तर, मन्त्रालय भागबण्डामा सहमति हुन बाँकी र एमालेभित्र मन्त्री छनौटको समस्या कारण दलका नेता जगन्नाथ थपलियासहितका सांसदहरू काठमाडौं हिँडेपछि दाबी पेश मंगलबारका लागि सारिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ