२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

 अमेरिकी सांसदको विरोधबीच कंग्रेसमा नेतन्याहुको सम्बोधन

images

सत्कार खबर
  • २०८१ साउन १०, बिहीबार
  • 511
    SHARES
  •  अमेरिकी सांसदको विरोधबीच कंग्रेसमा नेतन्याहुको सम्बोधन


    एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा कारबाही नरोकिने दोहोर्‍याउनु भएको छ। विरोध र बहिस्कारकाबीच अमेरिकी कंग्रेसको संयुक्त सभामा नेतन्याहूले हमासमाथिको कारबाही नरोकिने बताउनु भएको हो । 

    यसअघि पनि इजरायलले हमासविरुद्धको कारबाही नरोकिने बताउँदै आएको थियो। अमेरिकी संसदमा नेतन्याहूले सम्बोधन गर्दैगर्दा सत्तारुढ डेमोक्र्याटिक पार्टीका कैयौँ सांसदले बैठक बहिस्कार गरेका थिए भने कैयौँले विरोध जनाएका थिए । उनीहरूले आफूहरु हिंसा र नरसंहारको विरोधी भएको बताएका थिए । 

    नेतन्याहू अमेरिकी कंग्रेस भवन प्रवेश गर्नुअघिसमेत विरोध भएको थियो। उहाँलाई सांसदहरुले नै युद्ध अपराधी भन्दै विरोध गरेका थिए भने कांग्रेस भवनभित्रसमेत विरोध गर्ने पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको छ । तर नेतन्याहूले इजरायली कारबाहीको विरोध गर्नेहरूले इरानको समर्थन गरेको र बेबकुफी प्रदर्शन गरेको जिकिर गर्नु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ