काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपसभामुख इन्दिरा रानाले लेखेको सिफारिस पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गरेको छ । बिहिवार बसेको केन्द्रीय समिति वैठकमा यस विषयमाथि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भएको हो ।
संवैधानिक परिषदमा बहुमत पु¥याउने हेतुले अहिले यो प्रकरणलाई बाहिर ल्याइएको आशंकासमेत पार्टीको छ । रानाले अमेरिकी दुतावासमा पठाइएको भनिएको पत्र दुतावासमा रजिस्टर पनि नभएको र सिफारिस गरेअनुसारको सुविधा पनि नपाएको भएकाले आर्थिक चलखेल नभएको उहाँले बताउनु भयो । पत्रका विषयमा पार्टीले अनौपचारिकरूपमा बुझ्दा दूतावासमा दर्ता नभएको पाइएको उहाँको भनाइ छ ।उहाँले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता झाले परिमार्जन, संशोधनहरु र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहनुभएको बताउनु भयो ।



