२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध हुने जोखिम

images

सत्कार खबर
  • २०८१ साउन १३, आइतबार
  • 921
    SHARES
  • इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध हुने जोखिम

     एजेन्सी: इजरायली कब्जामा रहेको सिरियाको भूमि गोलान हाइट्समा भएको आक्रमणमा परेर १२ जनाको ज्यान गएपछि इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहका अखडामा बमबारी शुरु गरेको छ ।

    हिजो गोलान हाइट्सको एक फुटबल मैदानमा भएको आक्रमणमा बालबालिकासहित १२ जनाको ज्यान गएको थियो । यो आक्रमणमा लेबनानको विद्रोही सङ्गठन हिजबुल्लाह दोषी रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।

    आज बिहानैदेखि इजरायलले हिजबुल्लाहका अखडामा लडाकु विमानबाट बम र मिसाइल प्रहार गरिरहेको छ । हिजबुल्लाहले कुनै पनि संलग्नतालाई कडा रूपमा अस्वीकार गरेको छ । बढ्दो तनावले इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध शुरू हुने सम्भावना छ । हिजबुल्लाहलाई सहयोग गरिरहेको इरानले यदि इजरायलले इजबुल्लाहमाथि दमन गरेमा चुप लागेर नबस्ने चेतावनी दिएको छ । यसले गर्दा इरान र इजरायलबीच पनि द्वन्द्व बढ्ने डर छ ।

    लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलविरुद्ध बेलाबेलामा आक्रमण गर्दै आएको छ । बेलाबेलामा छिटफुट लडाइँ भए पनि हिजबुल्लाह र इजरायलबीच पूर्ण क्षमताको युद्ध भएमा मध्यपूर्व नै द्वन्द्वमा फस्ने जोखिम बढेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ