२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री थापा बर्खास्त

images

सत्कार खबर
  • २०८१ साउन १३, आइतबार
  • 626
    SHARES
  • सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री थापा बर्खास्त

     काठमाडौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गर्नु भएको छ । 

    मन्त्री थापाले सरकारको नीति विपरीत काम गरेको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उहाँलाई बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी  दिनु भयो । 

    नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माग बमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३)अनुसार आह्वान गरेको प्रदेशसभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ ।

    अधिवेशनअन्तर्गत पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित भएका थिए । बर्खास्तमा परेकी मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य हो।

    प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा छन् । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ