२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोशी प्रदेशमा कांग्रेसलाई मन्त्रीको नाम टुङ्ग्याउन सकस

images

सत्कार खबर
  • २०८१ साउन १४, सोमबार
  • 521
    SHARES
  • कोशी प्रदेशमा कांग्रेसलाई मन्त्रीको नाम टुङ्ग्याउन सकस

     काठमाडौं : कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो ।

    ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूहबाट एकरएक जना मन्त्री हुनेछन् । २९ सांसद रहेको कांग्रेसको तीनवटा समूहमा आकांक्षीको लर्को छ । आकांक्षी धेरै हुँदा शीर्ष नेतालाई पनि नाम टुङ्गो लगाउन सकस परेको बताइएको छ । 

    नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा सरकारमा सहभागी हुनका लागि केन्द्रबाट आउने मन्त्रीको नाम पर्खिरहेको बताउँछन् ।शनिबार कांग्रेस एमालेबीच सहमति हुँदा आज सरकार विस्तार गर्ने तयारी थियो ।.

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ