२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भारतका बैंकहरूमा साइबर आक्रमण, एकैपटक तीन सय बैंकको सिस्टम ह्याक

images

  • २०८१ साउन १८, शुक्रबार
  • 466
    SHARES
  • भारतका बैंकहरूमा साइबर आक्रमण, एकैपटक तीन सय बैंकको सिस्टम ह्याक

    एजेन्सी : भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक झन्डै ३ सय बैंक ठप्प भएका छन् । आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो । सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    यस कम्पनीले भारतका सबै साना बैंकलाई प्राविधिक सहयोग गर्दै आएकोले कम्पनीमा साइबर आक्रमण हुँदा झन्डै तीन सय साना बैंक प्रत्यक्ष प्रभावित भएका हुन् । साइबर आक्रमणलाई ध्यानमा राख्दै भारतको भुक्तानी प्रणालीको निरीक्षण गर्ने संस्था नेसनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीआइ)ले यस कम्पनीको काम अस्थायी रूपमा बन्द गरेको छ ।

    एनपीसीआईका अधिकारीका अनुसार सी–एज टेक्नोलोजीको सेवा प्रयोग गर्ने यी बैंकका ग्राहकले पनि केही समयदेखि भुक्तानी प्रणाली प्रयोग गर्न समस्या भोग्नुपरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ