एजेन्सी :अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्नु भएको छ । पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेपछि उनी औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बन्नु भएको हो। उहाँले दिउँसो २ हजार ३५० डेमोक्र्याटिक डेलिगेट्सको समर्थन प्राप्त गर्नु भयो ।
ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हो । उहाँले डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको प्रतिक्रयाा दिनु भयो ।
राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राख्दै ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना भने गर्नु परेन।
नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्न सके उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नुहुने छ ।



