काठमाडौं :सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनु भएकोछ ।
आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिनु भ्एको थियो ।उहाँ समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हो ।



