२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बंगलादेशमा अध्ययनरत दुई हजार नेपाली विद्यार्थी स्वदेश पर्किए

images

  • २०८१ साउन २२, मंगलबार
  • 561
    SHARES
  • बंगलादेशमा अध्ययनरत दुई हजार नेपाली विद्यार्थी स्वदेश पर्किए

    काठमाडौँ : पछिल्लो दुई सातामा बंगलादेशमा अध्ययनरत दुई हजारभन्दा बढी नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको व्यवस्था विरोधी आन्दोलन हिंसात्मक बनेपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका हुन् ।

    “हालसम्म दुई हजारभन्दा बढी फर्किनुभएको छ । अब साढे ३ सयको हाराहारीमा नेपाली विद्यार्थी यहाँ हुनुहुन्छ । उहाँहरू सबै इन्टर्न डाक्टर हुनुहुन्छ । नेपाली विद्यार्थी सबै सुरक्षित हुनुहुन्छ,” बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले भने । बंगलादेशमा अहिले रहेका सबै नेपाली विद्यार्थीलाई होस्टलमा बस्न भनिएको छ । कुनै अप्ठेरो परे तुरुन्तै ढाकास्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनिएको उनले बताए ।

    “यहाँ रहनुभएका विद्यार्थी र उहाँहरू पढ्ने कलेजसँग हामी निरन्तर सम्पर्कमा छौँ,” राजदूत भण्डारीले भने । बंगलादेशमा आन्दोलनका क्रममा ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ । आन्दोलन उग्र बनेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिएर भारत पुगेकी छन् ।

    बंगलादेशमा अहिले त्यहाँको सेनाले अन्तरिम सरकार गठन गर्ने प्रयास गरिरहेको छ । अन्तरिम सरकार गठनका लागि बंगलादेशका राष्ट्रपतिले पनि त्यहाँका राजनीतिक दल र आन्दोलनरत विद्यार्थी नेताहरूसँग छलफल गरिरहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ