२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

‘आर्थिक समृद्धि हासिल गर्न सरकार प्रयत्नरत’ : मन्त्री प्रकाश ज्वाला

images

  • २०८० कात्तिक १५, बुधबार
  • 591
    SHARES
  • ‘आर्थिक समृद्धि हासिल गर्न सरकार प्रयत्नरत’ : मन्त्री प्रकाश ज्वाला

    कात्तिक १५, काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आर्थिक समृद्धि हासिल गर्न सरकारले भरमग्दुर प्रयत्न गरिरहेको बताउनु भएको छ। 

    यातायात क्षेत्रको कनेक्टिभिटीले जनताको आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने धारणा उहाँले राख्नुभएको हो। नेपाल जेएसपीएस एल्मुनाई एसोसिएसन (एनजेएए)ले आज ललितपुरमा आयोजना गरेको ‘नेपालमा यातायात सञ्जाल विस्तार : अवसर र चुनौती’ विषयक कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री ज्वालाले सम्पूर्ण विकासमा सहयोग पुर्‍याउनुका साथै महत्वपूर्ण आर्थिक समृद्धि हासिल गर्नका लागि ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको बताउनुभएको हो। 

    “ट्रान्सपोर्ट कनेक्टिभिटी’ले जनताको आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पुर्‍याउँछ, आर्थिक समृद्धि हासिल गर्नका लागि ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको छ। सडक सञ्जालको पर्याप्तता, पूर्वाधारको विकासका साथै मर्मतसम्भार र कार्यकुशलतासँग यी कुरा जोडिएका छन्। वर्तमान समयमा यी कुरा महत्वपूर्ण सरोकार र चासोको विषय हो।” मन्त्री ज्वालाले भन्नुभयो। 

    उहाँले जापान सरकार र जाइका नेपालको यातायात क्षेत्रको विकासको ठूलो र महत्वपूर्ण साझेदार भएको वताउँदै विज्ञान प्रविधि र ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’मा जापानको सफलताबाट सिकेर राम्रो सेवा प्रदान गर्न क्रियाशील रहने बताउनुभयो। 

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले यातायात क्षेत्र आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताउँदै ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ चुनौतीपूर्ण रहेको बताउनुभयो। उहाँले अग्ला अग्ला पहाड, धेरै खोला भएको देशमा लागत व्यवस्थापन गरेर दीर्घकालीन रुपमा टिकाउ हुने गरी सडक पूर्वाधारको निर्माण, त्यसको व्यवस्थापन र मर्मत सम्भारका साथै आवश्यकता अनुसार पुलको निर्माण गर्नु निकै कठिन र चुनौतीपूर्ण रहेको धारणा राख्नुभएको हो।  

    मन्त्रालयका सचिव केशव शर्माले नेपालको यातायात क्षेत्रको विकासका साथै यहाँका जनतालाई सडक सञ्जालको पहुँचमा पुर्‍याउने जापान सरकार र जाइकाले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले रेल्वेको क्षेत्रमा जापानबाट धेरै सिक्न सकिने बताउँदै ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ मा जापान एसियाकै उत्कृष्ट रहेको धारणा राख्नुभयो। 

    नेपालका लागि जापानी राजदूत किकुता युताकाले दिगो विकास लक्ष्य २०३० अनुसार ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’, विज्ञान तथा प्रविधिका क्षेत्रमा जापानले नेपाललाई आवश्यकताअनुसार सहयोग, समन्वय र सहकार्य गर्ने बताउनुभयो।

    यातायात र कनेक्टिभिटी विकासका लागि सधैँ महत्वपूर्ण हुने उहाँले बताउनुभयो। राजदूत युताकाले यसका लागि जापानी सरकार, नागरिक नेपालसँग अनुभव आदानप्रदान गर्न र विज्ञान तथा प्रविधिका क्षेत्रमा नयाँनयाँ प्रविधिको हस्तान्तरण गर्न सधैँ हातेमालो गर्ने बताउनुभयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ