२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु, नौ घाइते

images

सत्कार खबर
  • २०८१ साउन २८, सोमबार
  • 781
    SHARES
  • बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु, नौ घाइते

    काठमाडौं : भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा सात जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् ।

     बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो  ।  

    जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताए । भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।  

    जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी  लिइरहेको बताएका छन् । 



    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ