२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्वीहरूमाथि भएको आक्रमणमा सरकार मौन बस्नुहुँदैनः सांसदहरु

images

  • २०८१ साउन २९, मंगलबार
  • 561
    SHARES
  • बंगलादेशमा  हिन्दु र बौद्ध धर्मावलम्वीहरूमाथि भएको आक्रमणमा सरकार मौन बस्नुहुँदैनः सांसदहरु

    काठमाडौं : बंलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा सांसदहरुले जोड दिएका छन् । उनीहरुले बंगलादेशका पछिल्ला घटनाक्रमबारे संसदमा धारणा राख्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन् ।

    उनीहरुले सरकारले सो बारेमा आफ्नो धारणा बनाउनुपर्ने माग गरे । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरुमाथि भएको आक्रमणको विषय सरकार मौन बस्न नहुने बताउनु भयो ।

    मंगलवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा  सांसद केसीले अल्पसंख्यक हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुमाथि भएको क्रुर आक्रमणको निन्दा गर्दै सरकार मौन रहेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले बङ्गलादेशमा भएको ‘कु’ को मुल कारण व्यापक भ्रष्टाचार र शासकको निरंकुशता, अहंकार, दम्भ र प्रतिशोध भएको पनि दाबी गर्नुभयो ।

    सांसद केसीले भ्रष्टाचार सिमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ