२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको छः अध्यक्ष दाहाल

images

  • २०८१ साउन ३०, बुधबार
  • 511
    SHARES
  • शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको छः अध्यक्ष दाहाल

    काठमाडौं : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताउनुभएको छ ।

    बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिदैँ अध्यक्ष दाहालले यस्तो भन्नुभएको हो ।

    उहाँले विधेयकलाई सदनले अनुमोदन गरेको भन्दै यो सहमतीसँगै शान्ति प्रक्रियाले पूर्णता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयक पारित भएपछि परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो प्राप्त गर्ने बताउनु भयो ।

    उहाँले शान्ति प्रक्रियाको आरम्भकर्ता माओवादी भएको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना भएको बताउनु भयो । अध्यक्ष दाहालले आफूले सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत पार्टी नै विभाजन भएको भएपति देशमा शान्ति स्थापन भएको बताउनु भयो ।

    अध्यक्ष दाहालले माओवादी जनयुद्धलाई कतिपय नेताहरुले हिंसात्मक द्वन्द्व भन्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले जनयुद्ध शब्दलाई संविधान सभाले समेत स्वीकार गरेको भन्दै यसबाट पछाडी नफर्किन आग्रह गर्नुभयो । उहाँले संविधान संशोधनको नाममा सिमित वर्ग, सिमित क्षेत्र, भुगोल या समूहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न लागिएको आशंका भएको बताउनु भयो ।

    उहाँले सुशासनको गति रोकिनेमा प्रश्न उब्जिएको बताउनु भयो । त्यस्तै बहुदलिय प्रतिष्पर्धाको ठाउँमा दुई दलिय बनाउने कोशिस हुनेमा पनि प्रश्न उब्जिएको उहाँको भनाई छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ