२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 माओवादी फेरि फुट्छ भनेर कोही डराउनुपर्दैन :  अध्यक्ष प्रचण्ड

images

सत्कार खबर
  • २०८१ भदौ १, शनिबार
  • 466
    SHARES
  •  माओवादी फेरि फुट्छ  भनेर कोही डराउनुपर्दैन :  अध्यक्ष प्रचण्ड


    काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतावद्ध रहेको र एकतावद्ध भएर केन्द्रिय कमिटी बैठकमा जाने बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धाराण राख्नुभएको बताउनु भयो । उहाँले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राख्नुभएको र त्यो फरक मत नरहेको बताउनु भयो । उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्ने कुरा नेतृत्वबाट नभनिएको बताउनु भयो ।

    उहाँले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताउनु भयो । आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो ।

    उहाँले जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह समेत गर्नुभयो । उहाँले पार्टी अब नफुट्ने पनि दाबी गर्नुभयो । उहाँले उपमहासचिव शर्माले उठाउनुभएका केही कुराहरु गम्भीर आशंकाका रहेको बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ