२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनले पाए आममाफी

images

सत्कार खबर
  • २०८१ भदौ २, आइतबार
  • 1.1K
    SHARES
  •  थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनले पाए आममाफी

    काठमाडौं : थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिनुभएको छ । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक रहेका समाचारसंस्था एएफपीले जनाएको छ ।

    थाक्सिन १५ वर्षको निर्वासनपछि झन्डै एक वर्षअघि स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्कनसाथ उहाँलाई थाई अदालतले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाएको थियो । अहिले राजाले सिनावात्राको आचारणमा सुधार भएको भन्दै आममाफी दिनुभएको हो ।

    सिनावात्रालाई आममाफी दिनु एक दिन अघि मात्रै थाई संसदले थाक्सिनकी ३७ वर्षीया छोरी पेतोङतार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ