२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अमेरिकामा राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

images

सत्कार खबर
  • २०८१ भदौ ४, मंगलबार
  • 946
    SHARES
  • अमेरिकामा राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

    एजेन्सी:अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् ।

    रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

    न्यायिक समितिका प्रमुख जिम जोर्डनले अनुसन्धानबाट बाइडेनले निजी प्रयोजनका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको देखिएको बताउनुभएको छ । यद्यपि यसबारे बलियो प्रमाण भने रिपब्लिकनहरूसँग नभएको खबरमा उल्लेख छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ