२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

images

सत्कार खबर
  • २०८१ भदौ ४, मंगलबार
  • 586
    SHARES
  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

     काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैहुनुहुन्छ । विश्वासको मत प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

    कांग्रेस–एमालेबीच नयाँ समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई एमाले, कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

    ८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ४, राप्रपाका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपाल, एकीकृत समाजवादी, जनमोर्चाका एक–एक तथा एक स्वतन्त्र सांसद छन् ।

    मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने बताइसकेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ