काठमाडौं : शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गर्नु भएको छ ।
केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गर्नु भएको हो ।
मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको बताउनु भएको छ।
उहाँले लेृख्नु भएको छ , ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाइ फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’
आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उहाँको आलोचना भएको थियो।



