एजेन्सी :पछिल्लोपटक आक्रमण गर्दै रुसी भूभागमा छिरेको युक्रेनी सेनालाई अमेरिकाले थप हतियार सहयोग गर्ने भएको छ। यसअघि पटकपटक हतियार सहयोग गरेको अमेरिकाले पछिल्लोपटक १२५ मिलियन डलर बराबरको प्याकेज घोषणा गरेको हो ।
राष्ट्रपति भोलोमिदिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको टेलिफोन वार्तापछि अमेरिकाको नयाँ प्याकेज सार्वजनिक भएको हो। पेन्टागनका अनुसार नयाँ प्याकेजमा वायु रक्षा प्रणाली, ट्यांक तथा एन्टिमिसाइल प्रणाली लगायत छन्।
बाइडेनले विज्ञप्ति जारी गर्दै युक्रेनविरुद्धको युद्धमा रुसको हार हुने ठोकुवा गरेका छन्। उनले स्वतन्त्रताको लडाईँ युक्रेनले जित्ने र त्यसमा आफूहरूको सहयोग सधैँ रहने जनाएका छन्।



