२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बंगलादेशमा विद्यार्थी संगठनबीच झडप,कैयौँ विद्यार्थी घाइते

images

सत्कार खबर
  • २०८१ भदौ १०, सोमबार
  • 641
    SHARES
  • बंगलादेशमा विद्यार्थी संगठनबीच झडप,कैयौँ विद्यार्थी घाइते

    एजेन्सी : बंगलादेशको राजधानी ढाकामा फेरि हिंस्रक झडपका घटना भएका छन्। गएराति राजधानी ढाकामा विद्यार्थी संगठनबीच झडप भएको हो। 

    ढाका ट्रिब्यून अखबारका अनुसार झडपमा दुवै पक्षका कैयौँ विद्यार्थी घाइते भएका छन्। हालको सत्ता पक्षका विद्यार्थी संगठन र पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी निकट विद्यार्थी संगठनबीच गएराति ९ बजेदेखि राजधानी ढाकाका विभिन्न स्थानमा झडप भएको हो। 

    ढाका विश्वविद्यालयका विभिन्न क्षेत्रमा शुरुमा प्रदर्शन भएको र त्यसपछि झडप भएको समाचारमा जनाइएको छ। यस्तै केही अखबारले अन्तरिम सरकारमा सल्लाहकारका रूपमा भएको सहभागितामा आपत्ति जनाउँदै विद्यार्थीले प्रदर्शन गरेको उल्लेख छ।  

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ