काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई प्रशासनका हरेक निकायलाई जवाफदेही बनाउन निर्देशन दिनु भएको छ ।
मन्त्रिपरिषद्को निर्णयबाट बिहीबार मुख्यमन्त्री नियुक्त भएसँगै अर्याललाई शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत बधाइ दिँदै ओलीले कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिनु भएको हो ।
उहाँले नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने भन्दै यसमा कर्मचारी प्रशासनको ठूलो भूमिका हुने जनाउनुभयो । कार्यसम्पादनमा कर्मचारीको सफलताले नागरिकमा सन्तुष्टि आउने, कामहरू अघि बढ्ने र देश सफल हुने तर्क प्रधानमन्त्रीको तर्क छ ।



